कोरोना संक्रमितले बच्चा जन्माइन्, आमा र बच्चा दुवैको अवस्था सामान्य
बाँके — नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएकी छन् । कृष्णनगर कविलवस्तुकी २७ वर्षिया महिलाले शनिबार बिहान ५ बजेर २५ मिनेटमा २ किलो ४ सय ग्राम तौल भएकी छोरी जन्माएकी हुन् ।
अहिले आमा र छोरीको अवस्था सामान्य रहेको अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले बताए ।
भारतको मुम्बईदेखि एक महिना आएकी ती महिला २२ दिनदेखि बुटवलको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । ८ दिनअघि कोरोना जाँच गर्दा पोजिटिभ देखिएको थियो । पेट दुखेर अस्पतालमा भर्ना भएकी उनी संक्रमित भएकै कारण डेलीभरी गर्न असहज मानेपछि भैरवहाको अस्पतालले नेपालगन्ज मेडिकल अस्पतालमा रिफर गरिएको डा. दिनेशले सुनाए । ‘संक्रमित भएकै कारण डेलीभरी गराउन डराउछन्,’ उनले भने,‘यो केश उतैको अस्पतालले सल्भ गर्न सक्थ्यो ।’
Comments
Post a Comment