संक्रमित थपिने भन्दा निको हुनेको संख्या उल्लेख्य, कुल ६६ दशमलव १२ प्रतिशत निको भए

काठमाडौं, २ साउन । कोरोना भाइरस कोभिड १९ संक्रमणको प्रभाव कमजोर हुँदै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्या पनि उल्लेख्यरुपमा बढदै गएको छ । पछिल्लो २४ घण्टामा १ सय १ जना संक्रमित फेला पर्दा निको हुनेको संख्या २ सय ८५ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ८५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ । निको हुनेको कुल संख्याको प्रतिशतमा यो ६६ दशमलव १२ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका दर घट्दै गर्दा आम मानिसको व्यवहार भने अझै बदलिन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

लकडाउन खुलिनसकेको तर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले सुरक्षाको उपाय अपनाउन आग्रह गरेको छ ।

राजमार्ग लगायत कतिपय स्थानमा अझै पनि कोरोना जोखिमका लागि अपनाउनु पर्ने सुरक्षा उपाय नअनाइएको भन्दै दुःख व्यक्त गरेको छ ।

मास्क तथा सेनिटाइजरको प्रयोग गर्न र भीडभाड नगर्न र नबढाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Comments