अमेरिकाका लागि यसै बर्षको अन्त्यमा कोरोनाको भ्याक्सिन उपलब्ध हुने : फौची

एजेन्सी, १ साउन । अमेरिकाका लागि यस वर्षको अन्त्य सम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुने जनाइएको छ ।


कोरोना भाइरस खोपको बारेमा बुधवार अमेरिकाबाट एउटा खुसीको खबर आएको थियो । अमेरिकी फर्मास्युटिकल कम्पनी मोडेरेनाको खोपले परीक्षणको क्रममा सकारात्मक नतिजा ल्याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ट्वीट गरे, खोपको बारेमा ठूलो खबर छ। संक्रमक रोगका शीर्ष विशेषज्ञ अमेरिकाका डाक्टर एन्थोनी फौचीले अनुमान गरेअनुसार यस वर्षको अन्त्यमा अमेरिकाले कोरोना भाइरसको खोप पाउनेछ ।

डाक्टर एन्थोनी फौचीले रोयटर्स समाचार एजेन्सीलाई भने, जुन समयको अनुमान गरिएको छ त्यसमा म खुशी छु। उनले अगाडि थपे खोप बनाउने दिशामा चीन अमेरिका भन्दा अगाडि हुनेछ भन्ने धारणामा उनी चिन्तित छैनन्।

उनले भने, मलाई लाग्छ सबै एकै ट्रयाकमा हिडिरहेका छन्, तिनीहरुले हामीले भन्दा अगाडि ल्याउन सक्दैनन , जुन बिल्कुल पक्का छ । ’


Comments