Skip to main content
वेस्ट इन्डिज बलियो स्थितिमा
साउथह्याम्पटन — वेस्ट इन्डिज इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबारको समाप्तिमा बलियो स्थितिमा रहेको छ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स सुरु गरेर बिना विकेट क्षति १५ रन बनाएको छ र अझै ९९ रनले पछाडि छ ।त्यसमा क्रेग ब्रेटवाइटले ६५ र सेन डोरिचले ६१ रन बनाए । इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४ रनमा समेटिएको थियो । अब शनिबार चौथो दिनको खेलमा इंग्ल्यान्डमाथि बलियो स्कोर बनाउने दबाब हुनेछ ।
Comments
Post a Comment