भारतमा कोरोनाको कहालीले शिखर चढ्दै, प्रमुख शहरहरु लकडाउनले सुनसान बने

एजेन्सी, १ साउन । कोरोना भाइरस संक्रमणको बढ्दो घटनालाई ध्यानमा राख्दै भारतका धेरै राज्यहरूले लकडाउन घोषणा गरेका छन्। भारतमा कोरोना भाइरसको संक्रमण्को संख्या ९ लाख ६८ हजार भन्दा बढी पुगिसकेको छ।

अहिलेसम्म भारतमा २५ हजार भन्दा बढी मानिसले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्ला २४ घण्टामा संक्रमणले नयाँ रेकर्ड बनाएको छ। २४ घण्टामा ३२ हजार भन्दा नयाँ संक्रमित फेला परेको छ । भारतमा संक्रमणको संख्या दिन प्रति दिन बढ्दै गएको देखिन्छ ।


अहिले बिहार, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगालमा लकडाउन लागू गरिएको छ। पश्चिम बंगालको सिलिगुडी नगर निगमका सबै ४७ वडामा पूर्ण लकडाउन लगाइएको छ। त्यहाँ अर्को सात दिन सम्मको लागि लकडाउन हुनेछ।

महाराष्ट्रमको पुणेमा १३ जुलाईदेखि २३ जुलाईसम्म कोरोना भाइरसको कारण लकडाउन लगाइएको छ। त्यहाँ लकडाउन दुई चरणमा लागू गरिएको छ । पहिलो जुलाई १३ देखि जुलाई १८ सम्म र दोस्रो जुलाई १८ देखि जुलाई २३ सम्म ।

कर्नाटक राज्यको बैंगलोर जहाँ आजबाट लकडाउन सुरु भएको छ। यो लकडाउन दश दिनको लागि लागू गरिएको जनाइएको छ। लकडाउनमा बिहान ८बजेदेखि एघार बजेसम्मका लागि भने केही खुकुलो बनाइने भएको छ । त्यस्तै बिहारमा लकडाउन ३१ जुलाई सम्म रहनेछ ।

Comments